२०७९ आश्विन १०, सोमबार १४:३३


कपिलवस्तु
नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको आयोजनामा जिल्लाको पकडीमा विशाल जनसभा हुने भएको छ । जनसभा तथा पाटी प्रवेश कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं पुर्व मन्त्री प्रदिप ज्ञवाली लगायतका केन्द्रीय नेताहरु कपिलवस्तु आउने तय भएको छ । यहि आउदो असोज ११ गते ११ वजे पकडीमा हुने कार्यक्रममा जिल्ला भरका हजारौं कार्यकर्ताको उपस्थिती रहने तथा हजारौं मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

देशमा एमालेको आवश्यकता जनताले महशुस गर्दै गएको र एमालेमा आउने जनलहर बढेको भन्दै नेता शर्माले सबै जनताहरु एमालेमा गोलबन्द हुन आवहान समेत गर्नु भएको छ । उक्त जनसभा कार्यक्रममा पाटीका कार्यकर्ता , शुभचिन्तक सबैलाई उत्साहजनक उपस्थिती भई ज्ञान आर्जन गर्न र जनसभा सफल पार्न नेकपा एमाले कपिलवस्तुले सबैमा अपिल गरेको छ ।

उक्त सभामा ३ वटै निर्वाचन क्षेत्रका ८ हजार बढिको जनसहभागिता रहने पाटी प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । केहि महिना अगाडि पनि जिल्लामा कृष्णनगर र तौलिहवामा विशाल जनसभा भएका थिए , उक्त सभामा पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष केपी ओलीले हजारौं मानिसहरुलाई पाटी प्रवेश गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय