२०७९ आश्विन १०, सोमबार १४:४२

आश्विन
जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए । सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले उपत्यकासहित विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिने देखिएको छ । यो वर्ष असोज दोस्रो सातादेखि नै सुरु भएपछि मनसुनका कारण हिले दसैं हुने भएको हो । समान्यतया मनसुन हरेक वर्ष अक्टोबर २ मा नेपालबाट बाहिरिने गरेको छ ।

यता हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। राती सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय