२०७९ आश्विन ११, मंगलवार ११:४०

गाउघर –
विगतमा दशैँ र तिहारका समयमा रातोमाटो र कमेरोले घर रङ्ग्याउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो । पितृपक्ष सकिएलगत्तै घटस्थापनादेखि दशैँ सुरु हुन्छ । दशैँ सुरु हुनासाथ सबैभन्दा पहिले आफ्नो घर, आँगन सफा गर्ने तथा रङरोगन गर्ने चलन थियो ।

घटस्थापनाका दिन जमरा राख्नुअघि घरलाई रातो माटो र कमेरोले चिटिक्क पारेर लितपोत गरी घरलाई चोखो पारेर जमरा राख्ने गरिन्थ्यो तर पछिल्ला केही वर्षयता गाउँ घरतिर पनि कङ्क्रिट तथा सिमेन्टको घर बन्ने क्रम बढेपछि रातो माटो र कमेरोले लिपेका घर देखिन छोडेको छ । आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दशैँ, तिहारलगायत चाडपर्वको मौलिकता घट्दै गएको छ ।

दशैँलगायतका चाडपर्व सुरु हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लितपोत गरेर रङ्ग्याउने र लिङ्गेपिङ हाल्ने, चलन हराउँदै जाँदा चाडपर्व खानपान र आधुनिकताको रमाइलोमा मात्रै सीमित हुँदै गएकामा संस्कृतिविद्ले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय