२०७९ आश्विन ११, मंगलवार ११:४८

लक्ष्मण सापकोटा
कपिलवस्तु ११ आश्विन
कपिलवस्तु जिल्ला अन्तर्गत पर्ने पुर्व पश्चिम राजमार्ग सडक खण्डमा नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा मानिसहरुको आवगमन तथा सवारी साधनको चाप बढ्दै जाने र हुन सक्ने सम्भावित सवारी दुर्घटना न्युनिकरण गर्नको लागी पुर्व पश्चिम राजमार्गमा संचालन हुने साना तथा ठुला सवारी साधनहरुलाई टाईम कार्ड लागु गरीएको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरिक्षक प्रेम बस्नेत, ससस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन, राट्रिय अनुसन्धान उप निर्देशक योगेन्द्र के।सी। तथा ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको उपस्थितिमा टाईम कार्ड लागु गरिएको गरीएको हो ।

आश्विन १० गतेदेखी टाईम कार्ड लागु गरिएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैबिच ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक तिमिल्सिनाले आउँदै गरेको दशै तिहारको शुभकामना सन्देश जारी गर्दै चाडवाडका बेला मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, तिव्र गतिमा सवारी साधन नचलाउन तथा यदी बढी भाडा लिएको वा बढी सवारी राखी चलाएको खण्डमा कडा कारवाही गरीने जानकारी गराउँदै कसैले त्यस्तो गरेको थाहा भएमा तत्काल जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको यात्रु सहायता कक्ष, कार्यालयको फोन न  ९८५७०५१०३७, १०० र १०३ मा सम्पर्क गरी सहयोग गरीदिन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय