कपिलवस्तु ११ असोज ।(नारायण पान्डेय)
दशैको बेला सर नया सामानहरु किनमेल गर्ने चलन छ । दशैमा ल्रत्ता कपडा, किरानाका सामान लगायतका सामाग्री किन्ने गरिन्छ । यो बेला ब्यापार बढने गर्दछ । तर कपिलवस्तुका ब्यापारी भने दशैका बेलामा समेत निराश बनेको छन । किनमेलकालागि उपभोक्ताहरु भारतीय बजारमा जाने गरेकोले उनीहरु निराश बनेका छन । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले भारतीय बजार तर्फ आम उपभोक्ताहरु आकर्षित भए पछि दशैका बेलामा समेत तौलिहवाका ब्यापारी निराश रहेको बताए ।
उनले सस्तो पाईने भन्दै भारतीय खुनुवा लगायतका बजारमा उपभोक्ताहरु जाने गरेकोले यहाका ब्यापारी मर्कामा परेको बताउछन । उनले यस तर्फ सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए । दशैको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी लगायतका मुख्य बजारमा दशैको कुनै रौनक छैन ।
दशैका लागि सस्तो, राम्रो र आर्कषक सामाग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीहरुको समस्या विगतका बर्षहरु भन्दा कम छैन यतिखेर । सीमापारीका बढ्नी, खुनुवा, अलीगढवा, लगायतका भारतीय बजारहरुमा यतिखेर नेपालीहरुको बाक्लो चलहपलह छ । भारतीय बजार भन्दा पनि सस्तोमा लत्ताकपडा दिएपनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको ब्यापारीहरु गुनासो गर्छन । कृष्णनगर भन्सार र मर्यादपुर भन्सार कार्यालयका अनुसार विगत एक साताको अवधि भित्र उपभोक्ताहरुले जिल्लाका विभिन्न सीमानाकाबाट कपडार उपभोग्य बस्तुको आयात बढेको छ ।
दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सार समेत नतिर्दा राज्यलाई समेत लाखौ राजस्व घाटा लागेको भन्सार कार्यालयले जनाएको छ । चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेयले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाए ।