(नारायण पान्डेय )१३ आश्विन कपिलवस्तु
कपिलवस्तुमा कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन गरिएको छ । वाणगंगामा रहेका एग्रोभेट, औषधी, फलफूल, तरकारी र किराना पसल अनुगमन गरीएको हो । वाणगंगा नगरपालिकाको आयोजनामा भएको अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको छ ।
चाडवाडको समयमा कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको वाणगंगा नगरपालिकाका कृषी साखा प्रमुख लेस बहादुर के. सी.ले बताउनुभयो । यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशनलाई कार्यन्वयन गरे गरेनन् भन्ने विषयमा पनि सोधपुछ गरिएको उहाँले बताउनुभयो ।
नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै व्यवासायीहरुले गुणस्तरीय खाद्य बस्तुहरु बिक्री गर्नको लागि सुझाव दिएको उहाँले जानकारी दिनुभएको छ । अनुगमन गरिएका पसलहरुमा मुल्यसूचि नभएको, सरसफाइमा कमि लगायतका कमिकमजोरी भेटिएका छन् । बजार अनुगमनको क्रममा प्रहरी, नगरपालिकाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।