२०७९ आश्विन १४, शुक्रबार ०७:२७

(नारायण पान्डेय) कपिलवस्तु,
विहिवार बाणगंगा नगरपालिकाको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको छ । कपिलवस्तुमा कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन गरिएको छ । वाणगंगामा रहेका एग्रोभेट, औषधी, फलफूल, तरकारी र किराना पसल होटेल अनुगमन गरीएको हो । वाणगंगा नगरपालिकाको आयोजनामा भएको अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको छ ।

वाणगंगा नगरपालिकाको ५ वटा टोलीे समुह नगरभित्र रहेको पसलहरुमा गएर सामानको बिल,मुल्य सुचि,साईनबोड,नापतौलको प्रमाण, म्याद नागे नागेको सामाग्री,सामानको गुणस्तर, बाल श्रमिक भए नभएको ,अनुमति पत्र, पसलका विल लगायत रजिटस्ट्रेसन गरे÷नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।
यता नगरका कृषी साखा प्रमुख लेस बहादुर के. सी,कृषि अधिकृत धनिराम आचार्य,सन्तोष भुसाल लगायतले बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैे बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताउनुभयो । बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री विउजिन,विषादी बेच्न नहुने बताउदै यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशनलाई कार्यन्वयन गरे गरेनन् भन्ने विषयमा पनि सोधपुछ गरिएको बताउनुभयो ।

अनुगमन गरिएका पसलहरुमा मुल्यसूचि नभएको, सरसफाइमा कमि, म्याद नागेका लगायतका सामाग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा प्रहरी, नगरपालिकाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । चाडवाडको समयमा कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको वाणगंगा नगरपालिकाकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय