कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले डेंगीको निःशुल्क परिक्षणको व्यवस्था मिलाएको छ । डेंगी संक्रमितको संख्या बढिरहेको बेला बुद्धभूमिले नगरबासीका लागि निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको हो । डेंगीको लक्षण देखिए पछि अस्पताल जादा चर्को मूल्य तिरेर परिक्षण गराएको जनगुनासो बढेपछि नगरपालिकाले निःशुल्क परिक्षणको व्यवस्था मिलाएको नगर प्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए ।
नगरका महुवा स्वास्थ्य चौकी र बरकुलपुर स्वास्थ्य चौकीमा निःशुल्क परिक्षणको व्यवस्था रहेको नगर प्रमुख श्रेष्ठले बताए । यी दुई स्वास्थ्य चौकीमा ल्यावको सुविधा रहेकाले स्वास्थ्य परिक्षण यही गराउने प्रबन्ध मिलाइएको उनले बताए ।