२०७९ आश्विन १५, शनिबार ०७:५९

बुटवल ।
तिलोत्तमा नगरपालिकाले नगरबासीका समस्या, गुनासो सुन्न र तत्काल समस्या समाधान गर्नका लागि ‘हेल्लो तिलोत्तमा’ सुरु गरेको छ । हेल्लो तिलोत्तमाको तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले शुक्रबार उद्घाटन गरे ।

नगरवासीका गुनासोहरु नगरपालिका सम्पत्ति भएकाले गुनासो सुन्न र ती गुनासोहरुलाई समाधान गर्न हेल्लो तिलोत्तमाको सुरुवात गरेको नगरप्रमुख रामकृष्णा खाँणले बताए । ‘जनताको गुनासो सुन्ने र आत्मसाथ गर्नु पर्छ । त्यो हाम्रो सम्पत्ति हो ।

ती जनताका गुनासोहरु विकास र समाज रुपान्तरणका लागि अघि बढ्न सकिन्छ ।
यस्तै नगगर उपप्रमुख जागेश्वरी चौधरीले नगरवासीका गुनासो सुन्न र ती गुनासोलाई कार्यान्वयन गर्नका लागि यसको सुरुवात गरिएको बताइन् । नगरवासीले आफ्ना केही गुनासाहरु भए कार्यालय नआई अब आफ्नो घरबाट नै आफ्ना गुनासाहरु राख्न सक्ने उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय