गुल्मी –
गुल्मीको रेसुङ्गा नगरपालिकामा कालिज फार्मभित्र छिरेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ । रेसुङ्गा नगरपालिका १० का स्थानीयवासी हुमाकान्त अर्यालको कालिज फार्ममा पसेको चितुवालाई शुक्रवार नियन्त्रणमा लिइ उद्धार गरिएको हो ।
नियन्त्रणमा लिइएको चितुवाको तौल १८ किलो रहेको छ । चितुवा शुक्रवार बिहान सौगात अर्गानिक कृषि फार्मभित्र पसेको अवस्थामा भेटिएको थियो । फार्मभित्र पसेको चितुवाले एक सय ५० वटा कालिज मारेको डिभिजन वन कार्यालय गुल्मीमा प्रमुख प्रभात सापकोटाले बताउनुभयो ।