काठमाण्डौ –
नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै डिपो खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा १३ वटा डिपो खुला राख्ने जनाएको छ ।
दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक गाडीको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरू खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते डिपोहरू खुला हुनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।