२०७९ आश्विन १५, शनिबार ०८:२५

(नारायण पान्डेय) कपिलवस्तु, १५ असोज ।

शनिबार  बिहान १० बजे  प्रतियोगिताका लागि बाणगंगा नगरपालिका वडा नम्बर ३ स्थित राजापानी सामुदायिक वन क्षेत्र भित्रको राजापानी पोखरीमा लान्स क्लव अफ कपिलवस्तुले नेपालमै पहिलो पटक यो प्रतियागिता आयोजना गर्न लागेको हो ।

चार फुट गहिराइ रहेको पोखरीमा करिब ५० मटिर लम्बाइमा नौ इन्चीको ट्रयाक्मा साइकल कुदाउने प्रतियोगिताका लागि २५० बढीले सहभागिता जनाउँदै छन् । यो प्रतियोगिता तयारीबारे लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष राम सुभागे थारुले भनेका छन्, नेपालमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेका छौँ, यसले कपिलवस्तुमा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास हाम्रो छ ।

प्रतियोगिताको तयारीबारे लायन्स क्लव अफ कपिलवस्तुका प्रेस संयोजक नबराज बेल्वासेले प्रतियोगिता रोचक हुने भन्दै बिजया दशमीको अवसरमा लायन्स क्लव अफ कपिलवस्तुले केही नयाँ गर्ने योजनाका साथ यो प्रतियोगिता गर्न लागेको बताए ।

यस्तै शनिबार बिहान १० बजे राजापानीमा कार्यक्रम सुरु हुने लायन्स क्लव अफ कपिलवस्तुले जनाएको छ । प्रतियोगितामा बिजेता बन्नेले नगद ५० हजार पुरस्कार पाउने छन भने दोस्रो हुनेका लागि नगद २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार रहेको छ । यस्तै प्रतियोगितामा सान्त्वना स्थान ल्याउनेका लागि लायन्सले स्मार्ट वाच पुरस्कार पाउने प्रयोगिताका संयोजक विष्णु घिमिरेले बताए ।

यस्तै प्रतियोगिता रमाइलो, सुरक्षित हुने छ भने सहभागिता जनाउने प्रतियागिका लागि लायन्सले सेफ्टी हेल्मेट, लाइफ ज्याकेटको समेत व्यवस्था गरिएको अध्यक्ष थारुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय