काठमाडौं – सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । दशैको कारण एक साता सुनचाँदीको नयाँ मूल्य कायम गरिएको थिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १४ गतेको तुलनामा आज ९असोज २३ गते० छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर ९६ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ । असोज १४ गते शुक्रबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।