२०७९ आश्विन २३, आईतवार १५:५६

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नंं ३ मा उम्मेद्वारी दिएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ का लागि उनले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं। ३ मा यस अगाडि एमालेको समर्थनमा राप्रपाका दिपक बोहोराले उम्मेद्वारी दिएका छन् । त्यसैगरी प्रदेश सभातर्फ सत्तारुढ गठबन्धनबाट ३ क मा लोसपाका सन्तोष पाण्डे र ३ ख मा नेपाली कांग्रेसबाट रामचन्द्र ढकालले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय