२०७९ आश्विन २४, सोमबार १२:२४


एमालेले गर्यो जिल्लाका ९ वटै स्थानमा मनोनयन दाखिला यसैविच कपिलबस्तुमा पनि शान्त, सौर्हादपुर्ण वातावरणमा मनोनयन दर्ता समपन्न भएको छ । कपिलबस्तु जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा स्थापन गरिएको निर्वाचन कार्यालयमा राजनितिक दलहरुले तामझामका एवं दलबलसहित गजेहडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले) कपिलवस्तुले मंसिर ४ को प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका निम्ति जिल्लाका ८ स्थानमा मनोनयन पत्र दाखिला गरेको छ । जिल्लाका ३ प्रतिनिधी सभा ६ प्रदेश सभा गरी ९ वटै स्थानमा उम्मेद्वारी मनोनयन पत्र दाखिला गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

प्रतिनिधी सभा १ बाट एमाले केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य बलराम अधिकारीको मनोनयन दाखिला गर्नु भएको छ भने प्रदेश सभा तर्फ १ को क बाट एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् निवर्तमान प्रदेश सभा सदस्य विष्णु पंथी, र १ को “ख” बाट मधुशुधन शरण चौधरीको मनोनयन पत्र दाखिला गरेको एमाले कपिलवस्तुले जनाएको छ । प्रतिनिधी सभा २ बाट एमाले केन्द्रिय सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज एवम् निवर्तमान प्रतिनिधी सभा सदस्य वृजेश कुमार गुप्ताको उम्मेद्वारी दाखिला भएको छ ।

त्यस्तै प्रदेश सभा तर्फ २ को क बाट नवराज लामिछाने र २ को ख बाट निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवको मनोनयन दाखिला गरेको छ । प्रतिनिधी सभा ३ बाट एमाले केन्द्रिय सल्लाहकार मंगल प्रसाद गुप्ताको मनोनयन दाखिला भएको छ । त्यस्तै प्रदेश सभा तर्फ ३ को क बाट अर्जुन कुमार केसी र ३ को ख बाट रजाउ रहमान खाँको उम्मेद्वारी मनोनयन गरिएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।

उम्मेद्वारी मनोनयन दाखिलाका लागि एमाले पोलिटब्यूरो सदस्य बिमला घिमिरे, केन्द्रिय नेताहरु गिरधारीलाल न्यौपाने, शहराज अहमद फारुकी, शुसिल कुमार श्रीवास्तव, झविलाल पोख्रल, चक्रपाणी अर्याल, विश्राम प्रसाद थारु , लगायतका नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनुभयो ।

यस्तै कपिलबस्तु जिल्लाको क्षेत्र नं. १ मा प्रतिनिधी सभाका लागि एमालेबाट बलराम अधिकारीले उम्मेदवारी दर्ता गराउदै नेकपा एमालेका प्रतिनिधीसभाका उम्मेदवार बलराम अधिकारीले जनताको आधारभु आवश्यकता परिपुर्तिसंगै आधारभुत समस्या समाधान गर्न र भ्रष्टाचार नियन्त्रण गर्न आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय