
२४ आश्विन
जसपाको चुनाव चिह्नबाट तामझाम पूर्वक मनोनयन दर्ता गर्न आएका सहसराम यादव अन्ततः कांग्रेसबाट चुनाव लड्ने भएका छन् । रातिदेखि यादवलाई सत्ता गठबन्धनका केही नेताले चुनाव लड्ने गरी प्रस्ताव राखेका थिए । तर उनले गठबन्धनबाट चुनाव लड्ने तत्काल कुनै निर्णय लिएनन् । आइतबार दिउँसो आफ्ना पार्टी कार्यकर्तासंगै गजेहडास्थित निर्वाचन अधिकृतको कार्यालयमा आएका यादव एकाएक कांग्रेसबाट चुनाव लड्ने मनस्थितिमा पुगेका हुन् । कांग्रेस, माओवादीले यादवलाई समर्थन गरेका छन् ।