२०७९ आश्विन २४, सोमबार १२:३४

तम्घास, असोज २४ गते ।
गुल्मीमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध नेपाली कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालले बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
भुसालले आजबाट आफू स्वतन्त्र नागरिक भएकाले संविधान र देशको रक्षाको निम्ति आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । सो क्षेत्रमा नेकपा (एमाले) का सचिव गोकर्णराज विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय