२०७९ आश्विन २४, सोमबार १२:४९

अविरल वर्षाका कारण बर्दियाका दुई सय बढी घर डुबानमा
काठमाडौं,
तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो ।

गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरूको महान् पर्व बडा दशैं पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरू बत्ताउँछन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताउनुभयो ।
त्यस्तै, अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभएपनि गाउँमा घरहरू र खेतबारी भने बगाएको बताउनुभयो । घरहरू डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय