२०७९ आश्विन २६, बुधबार ११:२७


कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारीमा जुटेको छ । पालिका भित्रका कला संस्कृति, रहनसहन, परम्परा, सिप, धार्मिक महत्व, पुरातात्विक सम्पदाको ज्ञान दिने गरी पाठ्यक्रम निर्माण गर्न लागिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो । पालिकाले पाठक्रममा समेटिने विषयवस्तुको विषयमा समुदायबाट सूचना संकलन गरी छनोट गर्ने चरणमा रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले बताउनु भयो ।

पालिकाले मंगलवार पाठ्यक्रमका विषय माथि सुझाव संकलन समेत गरेको छ । स्थानीय शिक्षा अभियन्ता, शिक्षक, संघ सस्था, समाजसेवी तथा जनप्रतिनिधी सँग विषयवस्तुको सन्दर्भमा सुझाव संकलन गरिएको शिक्षा शाखा प्रमुख उप–सचिव लिल बहादुर राउतले बताउनु भयो । कपिलवस्तु जिल्लामा हाल सम्म बाणगंगा नगरपालिकाले मात्र स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय