२०७९ आश्विन २८, शुक्रबार १४:०५

तम्घास,
एसियाकै ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ। गुल्मी, पर्वत र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शिला शालिग्राम कालीगण्डकी नदीको कटानले जीर्ण अवस्थामा पुगेको हो। कालीगण्डकी नदीले गुल्मीतर्फबाट कटान गर्दै लगेको र शिला शालिग्रामको वरपर लगाइएको पर्खाल पनि भत्किएपछि शिला शालिग्राम संरक्षणमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन।

जान–अन्जानमा भएगरेका पापबाट मुक्ति मिल्ने र चिताएका सबै मनोकामना पूरा गरिदिने शिला शालिग्राम यति बेला आफैँ संरक्षणमा नरहनु दुःखद पक्ष रहेको कालीगण्डकी गाउँपालिका, गुल्मीका युवा तिलक रानाले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय