२०७९ आश्विन २९, शनिबार १३:२२

काठमाडौं ।
यस वर्ष (२०७९) मनसुन सुरु भएपछिको एक सय दिनमा मनसुनजन्य विपद्का घटनाले ठूलो क्षति गरेको छ । २०७९ सालमा मनसुन जेठ २२ गतेबाट सुरु भएको थियो ।

गत भदौ २७ गते मनसुन सुरु भएको एक सय दिन पुरा भएको थियो । राष्ट्रि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणका अनुसार यस अवधिमा बाढी, पहिरो, अबिरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटना भएका थिए । ती घटनामा १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाईते भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का घटनाबाट उक्त समयमा ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय