२०७९ आश्विन २९, शनिबार १३:३०

भैरहवा – भैरहवा तथा यस आसपासका होटल ब्यवसायीहरुले असोजमा बैंकहरुको त्रैमासिक सावा र ब्याज नतिर्ने घोषणा गरेका छन् । कोभिडको कारण ब्यवसाय ध्वस्त भएको र सरकारले पुनरोत्थानको लागि प्रभावकारी निति समेत नल्याएको कारण बैंकको सावा र ब्याज नतिर्ने बैंक ब्यवासायीहरुले घोषणा गरेका छन् ।

भैरहवा, लुम्बिनी र तिलोत्तमा क्षेत्रमा रहेका सिद्धार्थ होटल संघमा आवद्ध कुनै पनि होटल ब्यवसायीले सावा ब्याज नतिर्ने संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए । “लामो बन्दका कारण धराशायी बनेको पर्यटन अन्तरगतको होटल सेवा सबैभन्दा बढी प्रभावित र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।” श्रेष्ठले भने “होटल व्यवसाय संकटग्रस्त अवस्थाबाट गुज्रिरहदा नोक्सानी दिनहु बढीरहेको छ । नोक्सानी बढीरहदा बैंकको सावा त के व्याज तिर्न पनि नसक्ने अवस्थामा हामी रहेका छौ ।”

उनले राज्य संग बारम्वार बैंकको सावा किस्ता कम्तिमा २ वर्ष पछि बुझाउने गरी समय पर धकेलिदिन माग गर्दै आएको बताए ।
“हाम्रो आशय बैंक सावा व्याज नबुझाउने भन्ने होईन, हामी सबै तिर्छौ तर हामीलाई केही समय दिनुहोस ।” उनले भने “तर राज्यले नसुनेझै गरेको छ भने बैंकहरुले सावा व्याज बुझाउन भन्दै दिनहु फोन गर्ने, मानिस पठाउने, ताकेता गर्ने, समयमा नबुझाए निलाम गछौं, पत्रिकामा तिन पुस्ते सहित छाप्छौ भन्दै धम्कि आउने गरेको छ ।”

होटल ब्यवसायी राम बहादुर कोईरीले सरकारले पर्यटन व्यवसायको पूर्नउत्थानका लागि कुनै उपर्युक्त कदम नचालेको आरोप लगाए । “खाली एकाध सहुलियतका बुंदा देखाई कनिका छर्ने काम भयो ।” उनले भने “पर्यटन क्षेत्रले कमाएर तिर्ने हो तर कमाउने बेलामा कोरोना संक्रमणले व्यवसाय ध्वस्त भयो । अहिले १० प्रतिशत औषतमा होटल व्यवसाय संचालनमा छ ।” अरु कुनै विकल्प नरहको कारण असोज महिनामा त्रैमासिक सावा किस्ता बैंकलाई तिर्न नसक्ने निर्णय गरेका संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए । “सावा व्याज नतिरे पछि सरकार, बैंक जस्ले जे कारवाही गर्छ भोग्न तयार छौ तर असोजको सावा ब्याज बुझाउदैनौ ।” श्रेष्ठले भने “सरकार बैंकले कुनै कदम उठाए त्यसको प्रतिकार गर्न र होटल व्यवसायको चाबी सरकारलाई बुझाएर आन्दोलनमा उत्रिन बाध्य हुनेछौ ।”

ब्यवसायीहरुले बैंकले आउदो असार मसान्त सम्मका लागी पुर्नतालिका ल्याउन समेत अनुरोध गरेका छन् । लुम्बिनी क्षेत्रका होटल ब्यवसायी अकरामुद्दिन खाँ ले लुम्बिनीमा अहिले पर्यटक नै नरहेको कारण यहाका होटलहरुमा १ प्रतिशत पनि पर्यटकको बसाई नरहेको बताए । कमाई नै नभएको अवश्थामा कर्जाको सावा र ब्याज तिर्न कठिनाई आईरहेको उनको भनाई छ ।

शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै सिद्धार्थनगर होटल संघ ९शान० ले कर्जाको व्याजदर घटाई १ अंकमा ल्याउनु पर्ने, थप राहतका कार्यक्रम पुर्नकर्जा कोषको समय वृद्धी ९कम्तिमा ३ वर्ष ० गरिनु पर्ने लगायतका माग समेत अगाडी सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय