२०७९ आश्विन ३१, सोमबार १२:२८

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ५६ करोड ६२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा अन्तिम दिन अर्थात् ३० असोजसम्म २८ हजार ८५७ जना आवेदकले ५६ लाख ६२ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १।५५ गुणा बढी आवेदन हो ।

सान्जेनले ५ भदौदेखि एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका(५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका(४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्ने ब्यवस्था पनि थियो । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय