२०७९ कार्तिक ४, शुक्रबार २१:४०

(नारायण पान्डेय )कपिलवस्तु ४ कात्तिक ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा प्रहरी र स्थानीय गरी ६ जना घाइते भएका छन् ।तीव्र गतिमा गुडिरहेको सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार र बाटोमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दिदैं दुर्घटनाग्रस्त भएको छ ।सिउटीमा भएको ट्रक दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी र साइकलयात्री अमर तङनामीको मृत्यु भएको छ ।
यस्तै दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुल बहादुर घर्ती गम्भीर घाइते भएका छन् । यी तिनै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।यस्तै दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी, प्रेम मल्लको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । यी घाइतेहरुलाई बुटवल रिफर गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय