पाल्पा- तानसेन नगरपालिका १३ को बौघागुम्हामा रहेको पर्यटकीय स्थल रानीमहलमा अहिले पर्यटको घुइचो लाग्ने गरेको छ । नेपालको ताजमहल भनेर चिनिएको रानिमहलमा दशै र तिहारको बिदाको सदुपयोग गर्दै बिद्यार्थी ,शिक्षक,सरकारी सेवा गरिरहेकाहरु घुम्म्न आउने गरेका छ्न । रानीमहल वि.स. १९५० मा शिलान्यास भइ चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको हो । पाल्पाको तानसेनबाट १३ किलोमिटर दूरीमा बौद्धगुम्बा अवस्थित रानीमहल कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको छ ।
रानीमहल दरबारको बायाँतर्फ ढुङ्गाबाट निर्मित दुईवटा पोखरी, दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो ।
यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैँचा र रानी पोखरीले महल आकर्षक देखाएको तानसेन नगरपालिकाका प्रवक्ता यादब सिंह कार्किले बताउनुभयो । रानिमहलमा अहिले दैनिक ५ सय देखि ६ सय सम्म पर्यटक आउने गरेको दरवारका सुरक्षा गार्ड ज्ञानधर मगरले जानकारी दिनुभयो ।
२०७९ कार्तिक ७, सोमबार १३:१४
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech