बुटवल ।
सरकारले देशभर प्लास्टिकका फुलगुच्छाको उत्पादन, आयात, विक्री वितरण र भण्डार गर्न पूर्ण रुपमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी त्यस्ता बस्तुहरु माथि पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो।
यस्तै वातावरण विभागले बिहीबार पनि सार्वजनिक सूचना जारी गरी तिहार र छठ जस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ । कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुने जनाएको छ ।
तर, बुटवल लगायतका मुख्य बजारमा भने प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला खुलेयामा बिक्री वितरणका लागि बजारमा राखिएको छ । बुटवलको मुख्य बजार अमरपथ, हाटबजार लगायतका मुख्य बजारमा तिहारका लागि बिक्री गर्न राखिएका प्लास्टिका माला राखिएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक अधिकृत रामचन्द्र अधिकारीले जिल्ला प्रशासनले प्रतिबन्धित प्लास्टिकका माला तिहारमा बिक्री वितरण हुन सक्ने भएकाले सिमानाका भित्र छिर्न नदिन र नियन्त्रण गर्न निर्देशन दिइसकेको बताउँछन् ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले पहिला त्यस्ता प्रतिबन्धित साम्रगी बिक्री वितरण गर्नेलाई सचेत गराउने बताउँछिन् । सचेत गराउँदा पनि अटेर गरी बिक्री वितरण गरेको पाइए कानुन बमोजिम दण्ड जरिवाना र कारवाही हुने उपप्रमुख अर्यालले बताइन् ।
बुटवल उपमहानगरपालिकाले भोलिबाट नै प्रतिबन्धित फुलका माला विक्री वितरण नगर्नका लागि बजारमा माइकिङ्ग गर्ने उपप्रमुख अर्यालले बताइन् ।
२०७९ कार्तिक ८, मंगलवार १३:४९
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech