२०७९ कार्तिक ८, मंगलवार १४:०९

देउखुरी,
दाङको लमही नगरपालिका–५, लमही निवासी केशवराज खनाल दशैँ, तिहारलगायत चाडपर्व मनाउन आफ्नो जन्मस्थान अर्घाखाँची जानुहुन्छ । उहाँ दाङ बसाइँ सरी आएको २० वर्ष भइसक्यो तर उहाँलाई जन्मठाउँ नपुगी पर्व आएजस्तै लाग्दैन ।
यस्तै प्युठानको मल्लरानी गाउँपालिका–३, चौरपानीबाट दाङको लमहीमा बसाइँसरी आउनुभएका तीर्थ पोख्रेलको अनुभूति पनि खनालको भन्दा फरक छैन । यस वर्ष गोजाग्रत पूर्णिमा मेला हेर्नका लागि जन्मस्थान प्युठान जाने धोको उहाँको पूरा हुन सकेन ।

अविरल वर्षाले सडक अवरुद्ध भएपछि उहाँको दशैँ लमहीमा भयो, तिहारमा पहाडै जाने योजना उहाँको छ । सुविधाको हिसाबले तराई उपयुक्त भए पनि चाडपर्वको समयमा आफूलाई पहाडै रमाइलो लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

खनाल र पोख्रेल मात्रै होइन चाडपर्वको समयमा पहाडी क्षेत्रमा घुमफिर र रमाइलोका लागि मानिसहरू चाडपर्व नै कुर्ने गरेको पाइन्छ । चाडपर्वमा बिदा हुने भएकाले कर्मचारी, विद्यार्थीलगायतलाई काममा हुनेहरूलाई पनि सहज हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय