२०७९ कार्तिक १५, मंगलवार १२:२५

कपिलवस्तु
प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुलाई भोट माग्नै हतारो भएका बेला कपिलवस्तुका कृषकहरुलाई भने धान स्हयार्नै ब्यस्त छन । मंसिर ४ गते आउन अब केवल २० दिन मात्र बाकी छ । राजनीतक दल उम्मेदवार र कार्यकर्ताहरु भोट माग्न गाउ घर पसेर घर दैलो गरी रहेको छन । तर कृषकहरु भने आफनो खेतमा काटने तयारी रहेको धान स्हयार्नेमा लागेका हुन । भाट माग्न घर दैलोमा नभेटे पछि उम्मेदवारहरु खेत बारी खलियान मै पुग्ने गरेका हुन ।

उम्मेदवाहरु भोट माग्न घरदैलोकोक्रममा खेत खलियानमा समेत पुग्ने गरेका छन । गाउमा मानिसहरु नभेटिए पछि खेत मै भोट माग्न कपिलवस्तुको क्षेत्र नम्बर २ प्रतिनिधि सभा कांग्रेस तर्फका उम्मेदवार सुरेन्द्रराज आचार्य र प्रदेश नम्बर २ ख का उम्मेदवार सुधाकर पाण्डेय पुगेको बताउछन ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बेलासपुर गाउ स्थि सन्तु पासीले खेतको धान स्यहार्दै गरेको बेला ती दुई उम्मेदवार भोट माग्न खेत मै पुगका थिए । धान स्यहार्दै र भैसी समेत चराउदै गरेको बेला भोट माग्न पुगेका दुई नेतालाई सन्तुले सिंचाई र मलखादको ब्यवस्था गर्नेलाई आफुले मत दिने बताए । । ३ प्रतिनिधि र ६ प्रदेश सभाको सिट रहेको जिल्लामा १ सय ४३ जना चुनावी मैदानमा छन । जिल्लामा बाम लोकतान्त्रिक गठबन्धन र एमाले बिच नै अधिकांस स्थानमा प्रतिस्पर्धा रहेको मतदाताहरु बताउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय