२०७९ कार्तिक १६, बुधबार १४:४५

कपिलवस्तु, १६ कार्तिक ।
कपिलवस्तुको बाणगंगा १० बहादुरपुरमा खेत जोत्दै गर्दा धन बहादुर चौधरी पक्राउ परेका छन् । २० औं बर्ष देखि जोत भोग गर्दै आएको जग्गामा हिउँदे वालि लगाउने क्रममा उनलाई ट्याक्टर सहित सव डिभिजन वन कार्यलय पिपराले पक्राउ गरेको हो । उनलाई अहिले थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

 

यसको विरोध गर्दै भुमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी व्यवस्थापन संघर्ष समितिले चौधरीको रिहाइ गर्दै सव डिभिजन वन कार्यलय पिपरा घेराउ गरेको हो । संघर्ष समितिले घेराउ संगै रिले अनसन पनि सुरु गरेको छ । संघर्ष समितिले चौधरीको रिहाइ नहुदाँ सम्म रिले अनसन र आन्दोलनका कार्यक्रमलाई थप गर्दै लगिने जनाएको छ ।

आन्दोलनमा सरिक हुनुभएका बाणगंगा नगरपालिका वडा न। १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले पहिला पनि वन कार्यलयको ज्यादति थियो विचमा कम भएको र हाल आएर फेरि सुरु गरेको टिप्पणि गर्नु भएको छ । २० औं बर्ष देखि जोत भोग गर्दै आएको जग्गामा वनले कब्जा जमाउन खोज्नु असान्दर्भीक भएको उहाँले बताउनु भयो । वडा अध्यक्ष पोख्रेलले कसैले नयाँ जग्गामा अतिक्रमण गरेर खनजोत गर्न खोज्छ भने वडा कार्यलयले वनलाई साथ दिने बताउनु भयो । त्यस्तै उहाँले विना कारण पक्राउ परेर हिरासतमा रहेका धन बहादुर चौधरीलाई छिटो भन्दा छिटो रिहाई गर्न वन कार्यलय र मातहतका सबैलाई आग्रह समेत गर्नु भयो ।

यस्तै संघर्ष समितिका संयोजक समेत रहनु भएका चिन्तामणि ढुङ्गानाले भुमिहिन

दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी माथिको वनको आतंकले गर्दा आफहरुले आन्दोलन गर्नु परेको बताउनु भयो । उहाँले वनको आतंकले आम जनतामा कुनै किसिमको घटना हुन पुगेमा यसको जिम्मेवारी स्वयंम वनले लिनुपर्ने चेतावनि दिनु भयो । उहाँले हिरासतमा रहेका धन बहादुर चौधरीलाई छिटो भन्दा छिटो रिहाई गर्न वन कार्यलयलाई अपिल समेत गर्नुभयो ।

 

रिले अनसन थालेका बाणगंगा वडा न। १० र ११ का भुमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीले केहिवेर नारावाजि समेत गरेका थिए । अनसनमा करिब २ सय बढिको उपस्थिती रहेको थियो । रिले अनसनको आज तेस्रो दिन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय