२०७९ कार्तिक २२, मंगलवार १८:२८

कपिलवस्तु, २२ कार्तिक । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रतिनिधि सभाका लागि लौरो चुनाव चिन्ह लिएका उम्मेद्धार इन्जिनियर देबेन्द्र कुमार शर्माले आफ्नो जित निश्ति रहेको दाबी गरेका छन् । उनले सोमबार कपिलवस्तुको दक्षिण भेगका मतदाताहरुसँगको भेटपछि मतदाताहरु पुराना उम्मेद्धारसँग दिक्क भएको भन्दै आफ्नो जित निश्ति भएको दाबी गरेका हुन ।

निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन क्षेत्रको दक्षिणी भेगमा बढी क्रियाशिल बनेका शर्मा उमेरले सबैभन्दा कन्छा उम्मेद्धार हुन । उनी भन्छन्, म विकासको योजनासहित जनताको बिचमा गएको छु, त्यसकारण पनि जनता यसपटक लौरो रोज्न तयार छन् ।

कपिलवस्तुको विकास धेरै पछि परेको भन्दै उनले आफू निर्वाचित भएपछि जिल्लाको विकासका लागि नयाँ आयाम थपिने पनि जिकिर गरेका छन् । उनले आफ्नो उम्मेद्धारी कसैको बिरुद्धमा नभएको पनि दोहोराएका छन् । अहिले सम्मको नेतृत्वले जे गरे त्यति पुरा नभएको भन्दै अब नयाँ र युवा उम्मेद्धार जिल्लाले खोजेको भन्दै उनले मंसिर ४ गते कपिलवस्तु १ का जनताले आफ्नो अभिमत विवेक सम्मत प्रयोग गर्ने पनि विश्वास व्यक्त गरेका छन् । मतदाताका घरमा पुग्दै गर्दा उनले हातमा आफ्नो चुनाव चिन्ह लौरो समेत साथमै लिएर पुग्ने गर्दछन् । उनले हाम्रो नपाली पार्टीको चुनवा चिन्ह लौरो लिएर कपिलवस्तु एक बाट प्रतिनिधि सभाका लागि उम्मेद्धारी दिएका हुन । सुरुमा स्वतन्त्र उम्मेद्धार बन्ने घोषणा गरेका देबेन्द्रले पछि लौरो अभियान नै नेपालमा बढी सत्रिय बनेपछि लौरो चुनाव चिन्ह लिए ।

हाल उनी आफ्ना केही समर्थकहरुका साथमा मतदाताको घरघरमा पुग्दा नयाँ आशा पलाएको बताए । उनी भन्छन्, जित निश्चित छ, ढुक्क हुनुस्। कपिलवस्तुको विकासका लागि अब जनताले मत बदल्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय