२०७९ कार्तिक २६, शनिबार ०९:४२

पाल्पा, कात्तिक
पाल्पाका मतदाताले सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सडकखण्डलाई सुधार गर्न माग गरेका छन् । विभिन्न पार्टीका उम्मेदवारहरू चुनावी प्रचारका लागि घरदैलो आएको मौकामा मतदाताले यस्तो माग गरेका हुन् ।

हिउँद र बर्सातको समयमा पनि सिद्धबाबा क्षेत्रको सडकमा यात्रा गर्ने मानिसले ज्यान गुमाएको भन्दै यहाँका मतदाताले उम्मेदवारलाई सिद्धबाबा सडक बन्न नसकेको गुनासो गरेका छन् । ठूला र साना दलका उम्मेदवारलाई मात्र नभई स्वतन्त्र उम्मेदवारलाई समेत सडकको विषयमा गुनासो राख्ने गरेका छन् ।

विगत दस वर्षदेखि सिद्धबाबा सडक सुधारको माग उठ्ने गरेको छ तर पनि सडक सुधार हुन नसकेको मतदाताको बुझाइ छ । पाल्पाका मतदाताले तत्कालका लागि पाल्पाको सबैभन्दा मुख्य समस्याका रूपमा सिद्धबाबा सडक क्षेत्रलाई मानेका छन् । मतदाताले उम्मेदवारसँग सिद्धबाबामा खस्ने पहिरोको विकल्प दिन उम्मेदवारसँग गुनासो राख्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय