२०७९ कार्तिक २८, सोमबार ०७:५७

नारायण पाण्डे, कपिलबस्तु,
नेकपा एमाले कपिलबस्तुका प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार जंजिर प्रसाद थारुले नेकपा एमाले गरिब, निमुखा, सर्वहारा, श्रमजिवी वर्गको पार्टी भएको बताउनुभएको छ । साथै उहाले नेकपा एमाले एकल महिला, बृद्धबृद्धा, बालबालिका, अपांङगता भएका व्यक्तिहरुको पार्टी रहेको बताउदै देशमा एकल भत्ता, बृद्धभत्ता, पोषण भत्ता, अपाङगता भत्ताको सुरुवात गर्ने पार्टी नै एमाले रहेको बताउनुभयो ।

उहाले जनताबाट उठाएको कर जनताकै हितका लागि कार्यक्रमको सुरुवात गर्ने पार्टी पनि केवल एमाले मात्र रहेको औल्याउनुभयो । बाणगंगा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले वर्तमान सरकारले बजेट बनाउने देखि सवै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको धारणा राख्नुभयो । एमाले सरकारले सुरु गरेको बिभिन्न राजमार्ग लगाएतका अन्य बिकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको समेत उहाले औल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय