२०७९ मंसिर १, बिहीबार ०९:३९


बुटवल —
गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने दाबी गरेका छन् । उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजाँदा नेपाल सरकारको खर्बौं रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताए ।

बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएकाले त्यसलाई परिक्षण गर्ने र सच्याउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरेका थिए । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्ने मात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको भन्दै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।

गृहमन्त्री खाँणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाँका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै असन्तुष्टि पोखे । सहमति बिना राजधानी सारिए बाटोबाटै फर्काउने समेत उनले चेतावनी दिए ।

बुद्धजन्मस्थल लुम्बिनीको महत्त्व विश्वभर बढाउन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल बनाएको भन्दै यसलाई पूर्णरुपमा संचालन गर्ने योजना बनाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय