२०७९ मंसिर १६, शुक्रबार ०८:५३


तम्घास,
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा गुल्मीमा सात हजारभन्दा बढी मत बदर भएका छन्। एउटा वडामा एक स्वयंसेविकामार्फत मतदाता शिक्षा दिने नीतिअनुसार कतिपय स्वयंसेविका घरमै नपुग्ने र पुगे पनि राम्रोसँग मतदाता शिक्षा नपुग्दा बदर मत बढेको हो।

निर्वाचन आयोगले स्थानीय तहलाई मतदाता शिक्षा प्रदान गर्ने जिम्मा दिएर झारा टारेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो। आगामी निर्वाचनमा आयोगले मतदाता शिक्षाको ‘मोडालिटी’लाई परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ। यता निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेल पनि मतदाता शिक्षा प्रभावकारी भएको दाबी गर्नुहुन्छ। उहाँले बदर मत कम गर्नका लागि मतदाता शिक्षा प्रदान गरेको र सञ्चारमाध्यमबाट विज्ञापन गरेको बताउनुहुन्छ। बदर मत बढी हुनुमा राजनीतिक ‘इस्यु’ पनि मुख्य कारण भएको भनाइ उहाँको छ।

आयोगले प्रदान गरेको मतदाता शिक्षा प्रभावकारी भएको भन्दै पर्याप्त नभएको भए आगामी दिनमा सुधार गर्ने उहाँको भनाइ छ। यहाँका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ सात हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय