२०७९ माघ १५, आईतवार १६:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा पार्टी सभापतिमा पुनस् लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय