२०७९ माघ १९, बिहीबार ०७:२७

जिल्लामा जारी १३ औं कपिलवस्तु महोत्सवमा आज चर्चित पप गायक कमल खत्री लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।

महोत्सवको तेस्रो दिन पप गायक खत्रीसहित लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर, लोक दोहोरी गायिका सम्झना रणपालको प्रस्तुति रहने महोत्सवका मिडिया संयोजक अशोक पौडेलले बताए ।

महोत्सवमा स्थानीय कलाकारको पनि प्रस्तुति रहने पौडेलले जनाए । बुधबार देखि डान्स आइडल सुरु भएको छ भने सिङ्गिङ्ग आइडल आजबाट सुरु गर्ने तयारी छ ।

माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवको मंगलबार उद्घाटन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय