काठमाण्डौं । जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाईदैछ ।
सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय गरेको थियो । काठमाडौंको टुडिखेलमा वेशेष समारोह आयोजना गरिन्छ भने विदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराईने गर्दै आएको छ ।









