२०७९ फाल्गुन २६, शुक्रबार २०:४७

घोराही – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ पढाइका लागि अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई बीएनएसका लागि २० र बीएस्सी नर्सिङका लागि २० सिट निर्धारण गरेसँगै प्रतिष्ठानले नर्सिङ पढाइको अनुमति प्राप्त गरेको हो । चिकित्सा शिक्षा आयोगले बीएनएस र बीएस्सी नर्सिङ पढाइका लागि अनुमति दिएसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम खुला भएको प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछानेले जानकारी दिनुभएको छ ।

प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएसँगै यस क्षेत्रका नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ । शैक्षिक कार्यक्रम सुरु गर्न आयोगले अनुमति दिएसँगै भर्ना कार्यक्रम अगाडि बढाउने तयारी गरिएको छ । नर्सिङ कक्षा सञ्चालनका लागि आवश्यक नर्सिङ प्राध्यापक नियुक्तिलगायत भौतिक पूर्वाधारलगायतका संरचना, लाइब्रेरी, कक्षाकोठा, अडोटोरियल रुम तयारी अवस्थामा रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय