२०७९ चैत्र ३, शुक्रबार ०८:०८

कपिलवस्तु, ३ चैत्र ।

भारतीय प्रहरीले विहिबार साझ कपिलवस्तु चन्द्रौटाका एक व्यापारीको अपहरण गरि भारत पुर्याएका छन् । हिजो साझ करिब ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका संचालक कयूम अन्सारीलाई भारतीय प्रहरी ९एसटीएफ० ले अपहरण गरि लगेका हुन् । अन्सारीको परिवारका अनुसार ४ जनाको समूहमा आएका उनीहरु भारतीय सेतो बोलेरो गाडीमा आएका थिए । उनीहरुले लेनदेन सम्बन्धी कुरा गर्नुछ भन्दै गाडीमा हालेर हुइक्याएर लुम्बिनीको ककरहवा नाकाबाट भारत तर्फ लिएर गएको सुरक्षा श्रोतले बताएको छ । अन्सारीलाई अहिले बर्डपुर बाट लेनदेन विषयमा पक्राउ गरिएको भन्दै लोटन थाना सिद्धार्थनगरमा राखिएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाको ५० मिटर अगाडीबाटै भारतीय सुरक्षाकर्मी हथियार सहित नेपाल प्रवेश गरि नेपाली व्यापारीलाई अपहरण गरि गाडीमा लिएर लुम्बिनी हुदै भारत लैजादा सम्म सुइको समेत पाएका छैनन् । परिवारले तत्काल वडा प्रहरी कार्यालयलाई जानकारी गराएपनि प्रहरीले तत्काल एक्शन नलिएको उनीहरुको गुनासो छ । मंगलबार मात्रै हाजिर भएका प्रहरी निरिक्षक शेखर जंग मल्लले घटना लाई वेवास्ता गर्दा ठूलो बनेको छ ।

उनले घटना बारे जिल्लालाई समयमै जानकारी नगराएको र आफुले पनि गम्भिरताका साथ नलिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी मिनबहादुर घलेले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।लेनदेन सम्बन्धी सामान्य विषय देखाएर नेपालबाट अपहरण गरि भारत लगिएका अन्सारीलाई भारतीय सुरक्षाकर्मीले भारत विरोधी गतिविधीमा संलग्न भएको आशंकामा लगेको बताइन्छ । चन्द्रौटा बजारबाटै व्यापारी अपहरित भएपछि स्थानीय व्यवसायीले सुरक्षामा गम्भीर लापरवाही भएको भन्दै विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय