२०७९ चैत्र १०, शुक्रबार २१:३०


लक्ष्मण सापकोटा, रुपन्देही

निर्धन लघुवित्त वित्तीय संस्था लिमिटेड फर्साटिकर शाखा रुपन्देहीको आयोजनामा १ दिने वृहत वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ । देशकै पुरानो निर्धन लघुवित्त वित्तीय संस्थाको फर्साटिकर शाखाले एक कार्यक्रमको आयोजना गरि समुहका सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धी तालिम प्रदान गर्नुका साथै उत्कृष्ट गा्रहक सदस्यका छोराछोरीलाई जनही १० हजारका दर छात्रवृत्ति र प्रमाण पत्र सहित सम्मान गरिएको हो । रिद्धि सिद्धि पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा १ सय जना सदस्यहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष केशब प्रसाद अधिकारीले निर्धन लघुवित्तका यस्ता सचनात्मक कार्य प्रति उच्च प्रशंसा गर्दै लघुवित्त संग गाउँपालिका सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेको बताउनुभयो । उहाँले निकट दिनमा पुनः एक कार्यक्रमको आयोजना गरि बित्तिय स्थायित्व र उद्यमशिलता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

विशिष्ठ अतिथि नेपाल राष्ट्र बैक भैरहवा क्षेत्रीय कार्यालयका सहायक निर्देशक देब राज ज्ञवालीले लघुवित्तले १५५ भन्दा बढी ब्याज नलिएको र कर्जा लिएपछि तिर्न पर्ने भन्दै जुन परियोजनाको लागि कर्जा लिइयो सोही परियोजनामा कर्जा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले बजार मा आएको लघुवित्त माथिका आरोप मिथ्या रहेको भन्दै उपस्थित समूह सदस्यलाई नियमित कर्जा बचत गर्न आग्रह गर्नु भएको थियो ।

निर्धन लघुवित्त वित्तीय संस्था मार्फत आफ्नो जीवनशैली परिवर्तन भएको भन्दै सदस्य राधा पोख्रेलले वित्तिय साक्षरता तालिम लिए पछि आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्ने बताउनुभयो ।

त्यस्तै छात्रवृत्ति प्राप्त गरेका आश्मा थारु र शिशिर चालिसेले यसले आफ्नो अध्ययनमा अझ हौसला वृद्धि भएको बताउनुभयो ।
मैनिहवा महिला समुहका अध्यक्ष राधा पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा निर्धन उत्थान लघुवित्त बित्तिय सस्था रामापुर शाखाका शाखा प्रबन्धक कृष्ण थापा, नबिल बैंक फर्साटिकर शाखाका शाखा प्रबन्धक अच्युत भण्डारी, निर्धन उत्थान लघुबित्त बित्तिय संस्था फर्साटिकर शाखाका शाखा प्रबन्धक सुशील गौतमको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै शाखा प्रबन्धक सुशिल गौतमले संस्थाको महत्व माथी प्रकाश पार्दै सस्थाले दिएका बित्तिय तथा गैरबित्तिय कार्य बारे बताउनु भएको थियो । झबिन भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय