२०७९ चैत्र १२, आईतवार ०८:१३

काठमाडौ १२ चैत ।

नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा यसबारे सैद्धान्तिक सहमति जुटेको हो। आइतबार १२ चैत सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बसेर यसबारे औपचारिक निर्णय लिने तयारी भएको एक पदाधिकारीले नेपालखबरलाई बताए। ‘पूर्ण दाईको नेतृत्व सभापतिले पनि चाहनुभएको छ। आजको बैठकमा यसमा सैद्धान्तिक छलफल भयो। तर, नामको विषयमा कुरा भएको हैन।

पदाधिकारी वरियताको आधारमा कुरा गर्दा उहाँ नै हो,’ ती पदाधिकारीले भने, ‘ सभापति उपसभापति र महान्त्रीको छुट्टै बैठक हुन्छ। हामी संभवतः कार्यसम्पादन बसेर औपचारिक निर्णय गर्छौं।’कांग्रेस बैठकमा पूर्णबहादुर खड्काको ब्रिफिङ रहेको छ हाम्रो दाबी ८ वटै मन्त्रालयमा छ। ती पदाधिकारीका अनुसार कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरी तयारी अघि बढाएको छ। आजको बैठकमा खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताएका थिए।‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ,’ बैठकमा खड्काले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय