काठमाण्डौ – हिजो भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि हुनुहुन्छ ।
आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९ हजार २४६ मतगणना हुँदा वाग्लेले ५ हजार १९ मत ल्याउनुभएको छ ।
कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ३५१ र एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत ल्याउनुभएको छ ।
उपचुनावमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।









