२०८० बैशाख ११, सोमबार २०:०५

काठमाण्डौ – चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्म नौ हजार चार सय ४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका रवि लामिछानेको अग्रता कायमै छ ।

ताजा मतपरिणामअनुसार लामिछानेले चार हजार तीन सय ५८ मतसहित अग्रता लिइरहनुभएको छ । नेकपा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार पाँच सय ५८ मतसहित लामिछानेलाई पछ्याइरहनुभएको छ ।
उहाँहरूबीच एक हजार सात सय ७३ मतको अन्तर रहेको छ ।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लामिछानेभन्दा झन्डै दोब्बर मतले पछि पर्नुभएको छ । उहाँले दुई हजार दुई सय पाँच मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ लामिछानेभन्दा दुई हजार एक सय ५३ मतले पछि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय