२०८० बैशाख १३, बुधबार ०७:५२


,शागर बेल्बासे कपिलवस्तु ,,

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रबि लामिछाने र रास्ट्रीय अन्तर्राष्ट्रिय स्तरमै अर्थशास्त्री को रुपमा परिचय बनाएका डाक्टर स्वर्णिम वाग्ले ले बैशाख १० गते सम्पन्न भएको उपनिर्वाचन मा चितवन क्षेत्र नम्बर २ र तनहुँ १ बाट अत्यधिक मत का साथ बिजय  भएपछी सोको खुसियाली कपिलवस्तु मा पनि मनाइएको छ।

बाणगङ्गा नगरपालिका वार्ड नम्बर २ को वडा कमिटीले गरेको बिजय उत्सब ,बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम मा उपस्थित सबैलाइ चिया खाजा समेत ब्यबस्था गरिएको थियो।स्वत स्फुर्त रुपमा वार्ड नम्बर २ का शैक्षिक एबम सामाजिक ब्याक्तित्व अशोक कुमार खत्री को मुख्य प्रायोजन मा वडा कमिटी का सबै साथी को सहयोगमा सो कार्यक्रम गरिएको वडा सभापति षडानन्द न्यौपाने र वडा सचिब जनकराज गौतमले जनाउनु भएको छ।

उक्त कार्यक्रम मा जिल्ला सभापति शिव कुमार सुवेदी ,लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल ,शिक्षा तथा स्वास्थ्य बिभाग प्रमुख डा रोम बराल,उद्योगि,ब्यबसाइ कृति मल्ल ,लक्ष्मण कंडेल,धुर्वकुमार पाण्डे समाजसेवी हेमन्त कुमार श्रेष्ठ,राजु उपाध्याय लगायत स्थानीय बासिहरुपनी स्वतस्फूर्त रुपमा आइ रास्ट्रीय स्वतन्त्र पार्टी का चुनाबी गित तथा राष्ट्र गित हरु घन्काएर घण्टी वाहक झन्डाहरु लिएर नाचगान गरि उत्सव मनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय