२०८० बैशाख १५, शुक्रबार ०६:०९

 रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ।

यसअघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेकामा अब वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले नियमित उडान गर्ने तयारी गरेको हो।

शुक्रबार बिहान ६-३० बजे नेपाल एयरलाइन्सको उडान हुँदैछ। यसका लागि एक सातादेखि म काठमाडौंमै थिएँ, रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले  भने।

सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको उनले बताएका छन्।

गुल्मी र आसपासमा जिल्लावासीको पाँच दशक पुरानो सपना अब पूरा भएको छर अब हरेक शुक्रबार गुल्मी काठमाडौं उडान हुनेछ, उनले भने।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले पनि निगमलाई गुल्मी उडानका लागि अनुमति दिएको बताएका छन्।

यसअघि पनि निगमले रेसुंगा विमानस्थलबाट नियमित उडानका लागि तयारी गरेको थियो। तर बक्यौता नतिरेकाले प्राधिकरणले उडान अनुमति दिएको थिएन। बाँकी बक्यौता चुक्ता गरेसँगै निगमले काठमाडौंबाट सातामा एक उडान अनुमति पाउने भुलले बताए।

निगमले भोलि परीक्षण उडान गर्दैछ। उक्त रिपोर्ट बुझाएपछि व्यावसायिक उडानका लागि अनुमति पाउनेछ,ु उनले सेतोपाटीसँग भने, त्यसपछि नियमित उडान हुनेछ।ु

नेपाल एयरलाइन्स नियमित उडान गर्न तयार रहे पनि प्रक्रिया पूरा गर्न भने बाँकी छ।

शुक्रबार प्राविधिक टोलीसहित गरिने उडानपछि नेपाल एयरलाइन्सले नियमित उडान अनुमति माग्नेछ। त्यसका साथै व्यावसायिक उडानका लागि टिकट खुला गरिने बताइएको छ।

रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची ९धुले० धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो। विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।

एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय