२०८० बैशाख १७, आईतवार ०८:०४

तौलिहवा,

वैशाख – गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नेतृत्व गर्नेले नै प्रतिबद्धता विपरितको काम गरेकोपछि सरकारबाट बहिरिएको बताउनुभएको छ। राप्रपाले कपिलवस्तुको वाणगंगा नगरपालिकाको जितपुरमा राखेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै यस्तो बताउनु भएको हो।

सरकारमा बसेका समयमा राप्रपाका मन्त्रीले गरेको कामका कारण लैजाउनुपर्ने र शिर झुकाउनुपर्ने अवस्था नआउने उहाँले बताउनुभयो। लिङ्देनले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा नराखेका कारण मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभए पनि जनताले विकल्पको खोजी गरेको सन्देश दिएको बताउनुभयो।

उप निर्वाचनमा रास्वपाको सफलतालाई राप्रपाले सकारात्मक रुपमा लिएको उहाँको भनाइ छ। उहाँले भागबण्डा गरेर र पहिलेको अवस्था फर्काएर पार्टीलाई समाप्त पार्ने छुट आफूलाई नभएको स्पष्ट पार्नुभयो। लिङ्देनले पार्टीमा बसेर पार्टीलाई नै भोट दिन सकिँदैन भने पार्टी छाडेर सघाउन सुझाव दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय