२०८० बैशाख २१, बिहीबार ०८:०६

काठमाण्डौ ( आजदेखि मौसममा केही सुधार आउने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । तर, मौसम पूरै सफा हुन भने समय लाग्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

प्रि(मनसुनमा स्थानीय वायुको प्रभावले समेत वर्षा हुने भएकाले तत्काललाई दिनभरी घाम लाग्ने सम्भावना नरहेको उहाँको भनाइ छ । विशेषगरी पहाडी क्षेत्रमा बिहान दिउँसो मौसम खुले पनि बेलुकीपख पानी पर्नेछ ।

यस्तै, पानी नपरेका केही ठाउँमा पनि दिउँसो पछि मौसम बदली हुनेछ । अहिले कोशी, मधेस र गण्डकी प्रदेशका एकरदुई ठाउँमा पानी परिरहेको छ ।

दिउँसो पछि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही र तराईका एकरदुई ठाउँमा पनि पानी पर्ने अनुमान रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । गएको शनिवारयता देशका धेरै ठाउँमा पानी परिरहेको छ । तर, आजदेखि पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्न थालेकाले पानी पर्ने क्रम बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय