लक्ष्मण सापकोटा – जितपुर कपिलवस्तु चेम्बर अफ कमर्स वाणगंगा द्वारा २५६७ औ बुद्धजयन्तीको अवसरमा रक्तदान ,शुभकामना आदानप्रदान तथा भित्ते पात्राे बिमाेचन कार्यक्रम सम्पन्न भएको छ।वाणगंगा स्थित मायादेवी रिसोर्ट मा सम्पन्न कार्यक्रम संघ का अध्यक्ष धन कुमारी अधिकारीको को अध्यक्षता,लुम्बिनी प्रदेश का पूर्व स्वास्थ्य मन्त्री माननीय विष्णु पन्थी ज्युको प्रमुख आतिथ्यता, तथा संघका महासचिव शान्त राज गैरे (सन्तोष) को सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स का केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद बञ्जाडे, नेपाल औषधी ब्यवसायी संघका निवर्तमान अध्यक्ष डा धर्म राज भट्टराई, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, वाणगंगा नगरपालिका का उपप्रमुख रिता कुमारी चौधरी लगायत विभिन्न व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्णु पन्थी ज्यूले यस क्षेत्रमा छरिएर रहनु भएका उद्योगी,व्यवसायिहरुको समस्या सम्बोधन गर्न संघको महत्वपूर्ण भूमिका रहने विश्वास गर्नु भयो।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग मा रक्तदान समेत रहेको उक्त कार्यक्रममा 49 जना रक्तदाता हरुले रक्तदान गर्नु भएको चेम्बर अफ कमर्स वाणगंगा कपिलवस्तुका महासचिव शान्त राज गैरे ले जानकारी गराउनु भयो।









