
प्रयास पोख्रेल
बैसाख कपिलवस्तु
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा न। ४ मा रहेको अमराई गोर्थुम सडकखण्ड अलपत्र भएको छ । २०७९ साल पौष २७ गते ठेक्का सम्झौता भई २०८० मा सम्पन्न गर्नुपर्ने सडकमा ठेकेदार कम्पनीको लापरभाईले गर्दा सडकको अवस्था दयनिय बनेको हो ।
अमराई गोर्थुम सडकखण्ड बनाउनको लागी ५० लाखमा टेन्डर आव्हान भएकोमा धर्मराज निर्माण सेवा भैरहवाले ४८ लाख २८ हजार २७६ रुपैया ८८ पैसा मा ठेक्का सम्झौता भएको हो । सडक पुरा भएको भन्दै सहरी बिकास तथा भवन कार्यालय भैरहवाबाट खटिएका इन्जिनियर अन्गिर कुमार मण्डलले सडकको अनुगमननै नगरी पास गरेका हुन् ।
सडकको अवस्था संगसंगै समग्र नगरको बिकासको बारेमा स्थानिय चिरन्जीवी वेल्वासे संग बुझ्दा आक्रोसित हुँदै ईन्जीनियर बाटोको अनुगमनने गर्न नआएको र भैरहवाबाटै बिलपास गरेको बताउँदै बाटो मापदण्ड बिपरीत बनेको बताउनुभयो ।
त्यस्तै अर्का स्थानिय लाल बहादुर ताम्राकारले स्थानियको आँखामा छारो हालेर सडकको अवस्था अलपत्र पारेर छाडेको बताउनुभयो ।
यता अर्का स्थानिय नारायण बन्जाडेले ठेकेदार कम्पनी र इन्जीपनयरको मिलेमतोमा सडकको अवस्था दयनिय बनाएको बताउनुभयो । उहाँले सडक निर्माण हुँदा स्थानियले अवरोध नगरी आफ्नो जग्गा दिएको तर जनतालाई बेवकुफ बनाएर सडक अझै बिगारेको भन्दै आक्रोष पोख्नुभयो ।
यता सडकको बारेमा सितगंगा नगरपालिकाका प्रमुख झबिलाल पौडेलसंग बुझ्दा उहाँले प्रदेश सरकारले आफुहरुसंग कुनै किसीमको समन्नवय र सहकार्य नगरेको बताउनुभयो । उहाँले यो सडक निर्मामा चरम लापरभाही भएको र आफुले प्रदेश सरकार संग पटक पटक अनुरोध गर्दा पनी कुनै सुनुवाइ नभएको बताउनुभयो । यसैबिच नगरको सभाहलमा पनी ईटा कमसल प्रयोग भएको भन्दै स्थानियले गुनासो पोखेका छन् । यस बिषयमा नगरप्रमुख संग बुझ्दा पहीला कमसल भएको र तयो ठेकेदार कम्पनीलाई हटायर अर्कोलाई ठेक्का दियपछी इटा गुणस्तरीय रहेको बताउनुभयो ।
सहरी बिकास तथा भवन कार्यालय भैरहवाबाट खटिएका इन्जिनियर अन्गिर कुमार मण्डल भने पन्छीन खोज्दै यो सडको बजेट अन्यत्र लगीएको बताएका छन् । उनले सामुदायिक टेलीभिजन बुद्ध आवाजसंग टेलीफोन सम्बादमा यस्तो बताएका हुन् ।
एक ठाँउको बजेट अर्को ठाउँमा लैजानु संगै सडकको अवस्था झनै खराव बनाउनु कति सम्मको चरम बेतिथी हो सम्बन्धीत निकायको ध्यान जावस । यि र यस्तै बिकासका नाममा बिनासले कहीले सम्म जनताको आखाँमा छारो हाल्दै जाने हुन् त्यो त आगामी दिनमा देखीएला नै । तर यस्ता बेतिथी रोक्न अव जोडतोडका साथ नलागे देश टाँट पल्टीने निश्चिीत देखीन्छ ।