
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं १ चार नं जितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा} को नगर पार्टी कार्यालय उद्घाटन हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं १ चार नं चोकको उत्तर पुर्वमा रहेको थापा मेडिकल हलमा कार्यालय उद्घाटन कार्यक्रम र पार्टी प्रबेश कार्यक्रम राखिएको जिल्ला संयोजक शिव सुबेदिले जानकारी दिनुभयो ।
बैशाख २९ गते आज दिनको ४ बजे विभिन्न पार्टी बाट सयौँ ब्यक्ती हरु प्रबेश गराई पार्टी प्रबेश कार्यक्रम सङै नगर पार्टी कार्यालय उद्घाटन कार्यक्रम रहेको जानकारि दिनुभयो ।